पाँचथर उद्योग वाणिज्य संघ, महिला उद्यमशील समितिको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको पावन अवसरमा तिज विशेष कार्यक्रम २०७९ भव्य रुपमा सम्पन्न भएको छ । जसमा तिज विशेष नाटक, हाँडी फुटाउने तथा म्युजिकल चेयर प्रतियोगितामा प्रथम दितिय र तृतीय हुने सहभागी आमा दिदीबहिनीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । साथमा तिज विशेष गीत, गजल र नृत्य ।
मिति २०७९ भाद्र १४ गते मंगलबार
स्थान शिवालय मन्दिरको परीषर फिदिम १ पाँचथर